कामपाकाे बालाजुस्थित खाजा घरमा १३ वर्षीया नाबालिकालाई वेश्यावृत्तिमा लगाउने सञ्चालक पक्राउ

प्रकाशित मिति: १९ चैत्र २०८०, सोमबार २०:२७


काठमाडाैं, चैत्र १९ ।
नेपाल प्रहरीले एक नाबालिकालाई वेश्यावृत्तिमा लगाउने खाजा घर सञ्चालकलाई पक्राउ गरेको छ ।

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले काठमाडौं महानगरपालिका-१६ बालाजुस्थित ‘लाफा’ नामक खाजा घरमा १३ वर्षीय बालिकालाई वेश्यावृत्तिमा लगाउने उदयपुरका २३ वर्षीय नवीनकुमार मगरलाई पक्राउ गरी आज साेमबार सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले बालिकालाई वेश्यावृत्तिमा लगाउने प्रयोजनका लागि फागुनदेखि डर र प्रलोभनमा पारेर वेश्यावृत्तिमा लगाउने गरेको खुलेको जानकारी दिएका छन् । “खाजा घरमा ती नाबालिकालाई डरमा पारेर राखेको अवस्थामा बालिकाकाे उद्दार गरी मगरलाई पक्राउ गरेका हौँ,” उनले भने ।

प्रहरीले पक्राउ गरेका मगरलाई मानव बेचबिखन तथा ओसार-पसार मुद्दामा काठमाडाैं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक फुँयालले जानकारी दिएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

काठमाडाैंकाे वायु प्रदूषण बढ्दाे : अनिवार्य मास्क लगाउन आग्रह

काठमाडाैं, बैशाख १८ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल काठमाडौं उपत्यकामा वायु.....