नाबालिकालाई याैन क्रियाकलापमा लगाएकाे अभियाेगमा कामपा बसन्तनगर बस्ने २९ वर्षीया महिला पक्राउ

काठमाडाैं, जेठ १० ।
एक नाबालिकालाई यौन क्रियाकलापमा लगाएको आराेपमा नुवाकोट ककनी गाउँपालिका-५ घर भई हाल काठमाडौं महानगरपालिका-१६ बसन्तनगर बस्दै आएकी २९ वर्षीया रश्मी लामालाई प्रहरीले पक्राउ गरेको छ ।
अभियुक्त लामाले प्रलोभन देखाई विभिन्न होटल तथा गेष्ट हाउसहरूमा नाबालिकालाई जबरजस्ती वेश्यावृत्तिमा लगाएको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-३२ नयाँ बानेश्वरबाट पक्राउ गरेको हो । साथै प्रहरीले पीडितलाई उद्दारसमेत गरेको छ ।
उनी उपर मानव बेचबिखन तथा ओसार-पसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पाँच दिनकाे म्याद थप गरी घटना सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया