लागू औषध काेकिनसहित ४९ वर्षीया कंगाे नागरिक काठमाडाैंकाे ठमेलबाट पक्राउ

प्रकाशित मिति: १३ जेष्ठ २०८१, आईतवार १७:५१


काठमाडाैं, जेठ १३ ।
प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले १ किलो १ सय १ ग्राम कोकिनसहित एक कंगो नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४९ वर्षीया एपुला इकुट्सु एमबोङ्गो छिन् । उक्त कोकिनको बजार मूल्य करिब ३ करोड ८५ लाख रुपैयाँ बराबर पर्ने ब्यूरोले जनाएको छ ।

उक्त महिलालाई शुक्रबार ठमेलबाट पक्राउ गरेको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वर कार्कीले बताएका छन् । कार्कीकाअनुसार उनी लागू औषध कारोबार गर्ने अन्तर्राष्ट्रिय गिरोहकी एक सदस्य थिइन् । यही जेठ ४ मा उनी दुबईबाट काठमाडौं आएकी थिइन् ।

प्रहरीले शंका लागेपछि उनको निगरानी र पिछा गरेको थियो । काठमाडौंको ठमेलस्थित एक होटलमा बसिरहेको अवस्थामा खानतलासी लिँदा उनको ह्याण्ड ब्यागभित्र प्लाष्टिकको झोलामा र्‍यापिङ गरिएका कोकिनका क्याप्सुलहरू बरामद भएको थियो ।

प्रहरीकाअनुसार उनले क्याप्सुल निलेर ल्याएकी अनुमान गरिएको छ । पक्राउ परेकी महिलालाई लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम कारबाही थालिएको छ ।


प्रतिक्रिया


ताजा खबर

More

अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ

काठमाडाैं, चैत २८ । अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ परेका.....