नेपाली सेनाद्वारा आफ्नै २७ वर्षीया श्रीमतीकाे हत्या गरी फरार सेना पक्राउ

काठमाडाैं, जेठ २५ ।
दाङको तुलसीपुरमा नेपाली सेनाका एक जवानले श्रीमतीको हत्या गरेका छन् ।
हत्यापछि फरार भएका नेपाली सेनाका जवान पक्राउ परेका छन् । सेनाका जवान ३६ वर्षीय शालिकराम बुढाथोकी घटनालगत्तै फरार भएका थिए ।
सेनाका जवान शालिकराम बुढाथोकीले आज शुक्रबार बिहान तुलसीपुर उपहानगरपालिका-६ लुङ्ग्री टोलमा श्रीमती २७ वर्षीया टीका बुढाथोकीको हत्या गरेका हुन् ।
खुकुरी प्रहार गरी शालिकरामले श्रीमती टीकाको हत्यापछि फरार भएको र उनकाे खोजी कार्य तीब्र रूपमा भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिएका थिए ।
‘खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेपछि उनी खुकुरीसहित फरार भएको भन्ने छ,’ थापाले भने, ‘ स्थानीयले हातमा खुकुरी लिएर हिँडिरहेको देखेको बताएका छन् । स्थानीय पनि साे घटनापश्चात् त्रसित देखिएका छन् ।’
पक्राउ परेका बुढाथोकीले श्रीमतीको हत्या गरेको स्वीकार गरिसकेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया