जसपा नेपालका अध्यक्ष यादवकाे मुद्दा हेर्दाहेर्दैमा, आइतबार पेसी

काठमाडाैं, जेठ २५ ।
सुनुवाइ नसकिएका कारण जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दल विभाजनविरुद्ध दायर गरेको मुद्दा हेर्दाहेर्दै राखिएको छ । आज शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाल फुँयाल र तिलप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइ नसकिएपछि आइतबारका लागि पेसी तोकेर मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।
शुक्रबार यादवका तर्फबाट बहसको सुरुवात भएको थियो । यादव पक्षको तर्क सुनेपछि सरकारी पक्षलाई बहसको समय दिइएको थियो । अशोक राईलगायतको पक्षले समेत बहस गर्न बाँकी भएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको सर्वोच्चको भनाई छ ।
यसअघि पनि न्यायाधीशद्वय कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको इजलासमा तोकिएको पेसी हेर्न नभ्याउनेमा परेपछि स्थगित भएको थियो ।
प्रतिक्रिया