दुर्गा प्रसाईंकाे नागरिक बचाउ अभियानले मंगलबार सिंहदरबार घेराउ गर्दै

प्रकाशित मिति: २६ जेष्ठ २०८१, शनिबार १४:१३


काठमाडाैं, जेठ २६ ।
दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले यही आउने २९ मंगलबार सिंहदरबार घेराउ गर्ने भएका छन् ।

महाअभियानले मंगलबार वित्तीय समस्या र बैंक वित्तीय संस्थाको अराजकताविरुद्ध काठमाडौं उपत्यकाव्यापी शान्तिपूर्ण आन्दोलन गर्न लागिएकाे हाे ।

काठमाडौं उपत्यकाका तीन वटै जिल्लाबाट दिउँसो १ बजे माइतीघरमा भेला भएर सिंहदरबार घेर्ने कार्यक्रम रहेको आन्दोलन परिचालन समितिका संयोजक विष्णुजङ्ग बस्नेतले जानकारी दिएका छन् ।

प्रसाईं नेतृत्वको अभियानले यस अगाडि पनि वित्तीय समस्या समाधानका लागि विभिन्न प्रदर्शनहरू गर्दै आइरहेको छ ।


प्रतिक्रिया


ताजा खबर

More

अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ

काठमाडाैं, चैत २८ । अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ परेका.....