चाेरीमा संलग्न रहेकाे आराेपमा ललितपुरबाट चार जना पक्राउ, एक कारागारमा भेटिए

काठमाडाैं, जेठ २९ ।
प्रहरीले चोरीमा संलग्न रहेकाे आरोपमा चार जनालाई ललितपुरबाट पक्राउ गरेको छ । चोरीमा संलग्न आरोप लागेका एक जना भने कारागारमा भेटिएका छन् ।
पक्राउ पर्नेमा भोजपुर घर भएका सीताराम लकान्द्रे, रामेछापको उमाकुण्ड घर भएका ३७ वर्षीय सुजनकुमार सुनुवार, नुवाकोट घर भएका कुमार रानामगर र दोलखा घर भएका वीरबहादुर श्रेष्ठ रहेका छन् । उनीहरूले ललितपुर महानगरपालिका वडा नम्बर-१८ स्थित सिर्जना वैद्यको घरमा चोरी गरेको अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले जानकारी दिएका छन् ।
जेठ २ मा भएको सो चोरीमा संलग्न आरोपी दोलखा घर भएका सुनिल श्रेष्ठ कारागारमा भेटिएका हुन् । पक्राउ परेका सीताराम लकान्द्रले चोरेको सुनका गहना किनेका हुन् । उनीहरूको साथबाट प्रहरीले ६ तोलाभन्दा बढी सुनसमेत बरामद गरेको छ ।
आरोपीमध्येका वीरबहादुर श्रेष्ठ ‘कुमार’ यसअघि चोरी मुद्दामा १५ पटक, अभद्र व्यावहारमा ४ पटक र लागू औषध मुद्दामा १ पटक थुनामा परेको अपराध रेकर्डमा भेटिएको छ । कुमार रानामगरविरुद्ध प्रहरीले यसअघि ६ पटक चोरी मुद्दामा अनुसन्धान गरेको थियो । सुजनकुमार सुनुवार यसअघि ७ पटक चोरी र एक पटक लागू औषध मुद्दामा पक्राउ परेका थिए ।
कारागारमा भेटिएका सुलिनकुमार श्रेष्ठले यसअघि ८ वटा चोरी, दुई वटा डाँका चोरी, एक पटक लागू औषध र ३ पटक अभद्र व्यावहारको मुद्दा खेपिसकेकाे अपराध रेकर्डमा भेटिएका छन् ।
प्रतिक्रिया