रडले हानेर एक महिलाकाे हत्या, एक पुरुष पक्राउ

काठमाडाैं, जेठ ३० ।
काभ्रेमा रडले हानेर एक महिलाको विभत्स हत्या भएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ ।
यही जेठ २४ गते काभ्रेको तेमाल गाँउपालिका-२ काफल डाँडामा सोही ठाउँकी ५७ वर्षीया साहिली तामाङको शव फेला परेको थियो ।
साहिलीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सोही ठाउँका मानध्वज तामाङलाई पक्राउ गरेको हो ।
उनले फलामको रडले शरीरका विभिन्न भागमा प्रहार गरेर साहिलीको विभत्स रूपले हत्या गरेको अनुसन्धनको क्रममा खुल्न आएकाे जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
उनको साथबाट फलामको रडसमेत प्रहरीले बरामद गरेको छ ।
पक्राउपछि जिल्ला अदालत काभ्रेबाट म्याद थप गरी थप अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया