एमालेकी सांसद् रेखाकुमारी शर्माबाट एक बालिकामाथि श्रम र शारिरीक शाेषण, पटक-पटक यातना, कामपाद्वारा उद्दार

प्रकाशित मिति: २ असार २०८१, शनिबार २३:४६


काठमाडाैं, असार १ ।
लुम्बिनी प्रदेश सभाकी सांसद् रेखाकुमारी शर्माले एक बालिकालाई घरमा काम लगाएर श्रम र शारिरीक शोषण गरेको प्रमाणित पुष्टि भएको छ ।

काठमाडौं महानगरपालिकाको टोलीले घरबाटै उद्दार गरेपछि सांसद् शर्माको यो कर्तुत बाहिर आएको हो । काठमाडौं महानगरले सांसद् शर्माको बालुवाटारस्थित घरबाट एक १४ वर्षीया बालिकालाई उद्दार गरेपछि खुलेको तथ्यका आधारमा सांसद् शर्माविरुद्ध बालबालिकासम्बन्धी अपराध गरेको कसुरमा काठमाडौ प्रहरी परिसरमा जाहेरी दर्ता गरेको छ ।

शर्माले काठमाडौंस्थित घरमा एक १४ वर्षीया बालिकालाई ८ वर्षदेखि बाल श्रमिकका रूपमा राखेको पाइएको थियो । काठमाडौं महानगरपालिकाले ती बालिकाकाे उद्दार गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडाैंले सांसद् शर्माविरुद्ध जाहेरी दर्ता गरिसकेको छ । “बालिकामाथि कुटपिटको कसुरमा जाहेरी परेको जिल्ला प्रहरी परिसर काठमाडौंको भनाई छ ।

सांसद् शर्माको घरमा रहेकी बालिकामाथि श्रम शोषणसँगै शारिरीक यातनासमेत दिइएको जाहेरीमा उल्लेख गरिएकाे छ । उद्दारपछि महानगरको सेफ हाउसमा रहेकी ती बालिकाले सांसद् शर्माले पटक-पटक यातना दिएको भन्दै सबै पीडा खुलाएकी थिइन् । सांसद् शर्मामाथि बालिकाको परिवारका सदस्यले जाहेरी दर्ता गराएका हुन् ।

शर्माको यस्तो हर्कतले पार्टीको समेत बदनाम भएको छ । उनीमाथि पार्टीबाट समेत निष्काशन गर्न एमालेका नेतादेखि कार्यकर्तासम्मले माग गरेका छन् । दाङकी शर्मा एमालेबाट समानुपातिकतर्फबाट निर्वाचित सांसद्समेत थिइन् ।


प्रतिक्रिया


ताजा खबर

More

अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ

काठमाडाैं, चैत २८ । अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ परेका.....