निर्वाचन आयाेगकाे आयुक्तमा कृष्णमान प्रधान सिफारिस गर्ने निर्णय
काठमाडाैं, असार २ ।
संवैधानिक परिषद्को बैठकले निर्वाचन आयोगको आयुक्तमा कृष्णमान प्रधानलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
आज आइतबार साँझ बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा सिफारिस गर्ने निर्णय गरिएको हो ।
संवैधानिक परिषद्ले सिफारिस गरेका व्यक्तिको संसदीय सुनुवाइपछि मात्र नियुक्त हुने प्रावधान रही आएकाे छ । प्रधान अहिले नेपाल कानून समाजका कार्यकारी निर्देशकसमेत रहेका छन् ।
प्रतिक्रिया