वर्षाका बेला सिन्धुपाल्चोकमा ४ दशमलव २ रेक्टर स्केलको भूकम्प

प्रकाशित मिति: १५ असार २०८१, शुक्रबार ०७:००


काठमाडाैं, असार १४ ।
सिन्धुपाल्चोकमा भूकम्प गएको छ ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका केन्द्रविन्दु भएर गएराति साढे १ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रकाअनुसार भूकम्प ४ दशमलव २ रेक्टर स्केलको रहेको थियो । २०७२ सालको गोरखा भूकम्पका कारण जनधनको अकल्पनीय क्षति व्यहोरेका सिन्धुपाल्चोकबासी गएराति वर्षाको बेला जमिन हल्लिँदा त्रसित भएका थिए ।

भूकम्पले क्षति पुगेको विवरण भने आएको छैन ।


प्रतिक्रिया


ताजा खबर

More

देशभर आंशिक बदली, केही स्थानमा हल्का वर्षा

काठमाडाैं, चैत २९ । अहिले देशमा पश्चिमी वायु, स्थानीय वायु तथा बंगालको खाडीबाट आएको.....