नेपालमा विस्तारै सुरु हुँदै मनसुन, काठमाडाैं उपत्यकामा भारी वर्षा

प्रकाशित मिति: १७ असार २०८१, आईतवार १५:१०


काठमाडाैं, असार १६ ।
नेपालमा विस्तारै मनसुन सक्रिय बन्दै गएको छ । काठमाडाैंमा अहिले भारी वर्षा भइरहेको छ । वर्षाले गर्मीबाट राहत मिलेको छ ।

मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुन सक्रिय भएको बताएको छ । आगामी तीन दिन नदीहरूमा बाढीको सतह उल्लेख्य रूपमा बढ्ने जनाइएको छ ।

आज आइतबार देशका कम्तीमा १९ जिल्लामा बाढीको जोखिम देखिएकाले उच्च सतर्कता अपनाउन सम्बन्धित क्षेत्रका बासिन्दाहरूलाई महाशाखाले सुझाबसमेत दिएको छ ।

महाशाखाले आज ताप्लेजुङ, सङ्खुवासभा, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, नवलपरासी पश्चिम, नवलपरासी पूर्व, पाल्पा, तनहुँ, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, दाङ, रोल्पा, बाँके, बर्दिया र आसपासका जिल्ला भई बहने अधिकांश नदीहरूमा बहाव बढ्ने जनाएको छ । केही नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिमसमेत पनि हुने बताइएकाे छ ।


प्रतिक्रिया


ताजा खबर

More

देशभर आंशिक बदली, केही स्थानमा हल्का वर्षा

काठमाडाैं, चैत २९ । अहिले देशमा पश्चिमी वायु, स्थानीय वायु तथा बंगालको खाडीबाट आएको.....