साेमबार वागमतीसहित धेरै स्थानहरूमा मेघगर्जनसहित भारी वर्षाकाे सम्भावना

काठमाडाैं, असार १६ ।
हाल देशभर मनसुनी वायुको प्रभाव देखिएकाे छ । आज राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । कोशी, मधेश, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू र देशका बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन\चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
साथै कोशी, मधेश, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ । त्यस्तै सोमबार देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । देशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
साथै कोशी, वागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी, वागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
प्रतिक्रिया