नेकपा एसकाे अध्यक्षमा माधव नेपाल सर्वसम्मत रूपमा चयन

काठमाडाैं, असार २० ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत रूपमा चयन भएका छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी पार्टीको दशौँ महाधिवेशनले उनलाई उक्त पदमा सर्वसम्मतिले चयन गरेको हो । पार्टीको महासचिवमा घनश्याम भुसाल सर्वसम्मत चयन भएका छन् । महाधिवेशनले झलनाथ खनाललाई सम्मानित नेतामा चयन गरेको छ ।
उक्त पार्टीको प्रचार विभागकाअनुसार ती तीन पदमा सर्वसम्मत चयन गरिएको हो भने अन्य पद पार्टी सचिवालयले टुङ्ग्याउने निर्णयसमेत गरेको छ ।
प्रतिक्रिया