अन्ततः प्रधानमन्त्री दाहालले प्रतिनिधि सभामा विश्वासकाे मत गुमाएसँगै सरकारबाट पूर्णविराम
काठमाडाैं, असार २८ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वास मत गुमाएका छन् ।
आज शुक्रबार प्रतिनिधि सभा बैठकमा राखिएको विश्वासको मतको पक्षमा मात्र ६३ मत परेको थियो भने विपक्षमा १ सय ९४ मत परेको छ । यसैबीच एक जना सांसद् तटस्थ बसेका छन् । प्रतिनिधि सभामा विश्वासको मत पाउनका लागि १ सय ६८ मतको आवश्यकता थियाे ।
सो मत नपाएसँगै प्रचण्ड नेतृत्वको सरकारमा समेत पूर्णविराम लागेकाे छ । १८ महिनाको अवधिमा उनले पाँचौँ पटक विश्वासको मत लिएका थिए । अब नयाँ सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गर्नेछन् ।
नेपाली कांग्रेस र नेकपा एमालेले असार १७ गते रातारात नै सत्ता सहकार्यको सहमति गरेका थिए । जसअनुसार एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने एमाले नेताहरूले बताएका छन् ।
प्रतिक्रिया