राष्ट्रपति पाैडेलद्वारा नयाँ सरकार गठनका लागि आव्हान, प्रम दाबी गर्न आइतबार साँझ ५ बजेकाे समयसीमा

प्रकाशित मिति: २९ असार २०८१, शुक्रबार २०:४३


काठमाडाैं, असार २८ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि आव्हान गरेका छन् । नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम बहुमतको प्रधानमन्त्रीमा दाबी गर्न आइतबार साँझ ५ बजेसम्मको समय दिएका छन् ।

संविधानको धारा ७६ (२) अनुसार प्रतिनिधि सभाको बहुमत पुग्न सक्ने आधारसहित प्रधानमन्त्रीमा दाबी गर्न राष्ट्रपतिबाट आह्वान भएको शीतल निवासबाट जारी सूचनामा उल्लेख गरिएकाे छ ।

धारा ७६ (२) मा प्रतिनिधि सभाका दुई वा बढी दल मिलेर सरकार बनाउन सक्ने प्रावधानसमेत उल्लेख गरिएकाे छ ।

हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि १८ महिनाअघि धारा ७६ (२) अनुसार नै नियुक्त भएका हुन् । उनलाई त्यतिखेर नेकपा एमालेलगायत दलले समर्थन गरेका थिए ।

कतिपयले धारा ७६ (२) को प्रधानमन्त्रीले विश्वासको मत पाउन नसके स्वतः उपधारा ३ मा जानुपर्ने तर्क गरेका थिए । यसमा राष्ट्रपतिले के निर्णय गर्छन् भन्ने आम चासोको विषय बनेको थियो ।

राष्ट्रपति पौडेलले आज शुक्रबार साँझ केही कानूनविद्लाई बोलाएर पनि परामर्श लिएका थिए । अधिकांश कानूनविद्हरूले ७६ (२) अनुसार संयुक्त सरकारका लागि आह्वान गर्नुपर्ने राय सुझाव दिएका थिए ।

राष्ट्रपतिले संयुक्त सरकारका लागि आह्वान गरेपछि संसद्काे सबैभन्दा ठूलाे दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर नयाँ सरकार गठनका लागि बाटो खुलेको छ । यी दुबै दलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने सहमतिसमेत गरिसकेका छन् ।

अन्य साना दललाई पनि मिलाएर राष्ट्रिय सहमतिको सरकार बनाउने र संविधानसमेत संशोधन गर्ने सहमति भएको उनीहरूले भनेका छन् ।


प्रतिक्रिया


ताजा खबर

More

अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ

काठमाडाैं, चैत २८ । अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ परेका.....