एमाले अध्यक्ष ओलीलाई आजै प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी

प्रकाशित मिति: २९ असार २०८१, शुक्रबार २१:३८


काठमाडाैं, असार २८ ।
नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरू राष्ट्रपति भवन शीतल निवास पुगेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आजै प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी गरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा विश्वासको मत गुमाएपछि आजै राष्ट्रपतिले नयाँ सरकार गठन गर्न आह्वान गरेका थिए । राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ अनुसार आइतबारसम्मको समय दिएर दाबी पेश गर्न भनेका थिए ।

कांग्रेसका सांसद्को हस्ताक्षरसहित एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी गर्ने तयारी गरेका छन् ।


प्रतिक्रिया


ताजा खबर

More

अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ

काठमाडाैं, चैत २८ । अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ परेका.....