एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्रीमा नियुक्त, शपथ ग्रहण सोमबार

काठमाडाैं, असार ३० ।
एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।
प्रतिनिधि सभाको दुई वटा प्रमुख दल कांग्रेस र एमालेका सांसद्को समर्थनमा संविधानको धारा ७६ (२) अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई मुलुकको नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।
नवनियुक्त प्रधानमन्त्रीको शपथ ग्रहण भोलि सोमबार हुने भएको छ । राष्ट्रपति कार्यालयले नवनियुक्त प्रधानमन्त्री ओलीको शपथ ग्रहण समारोह भोलि बिहान ११ बजेका लागि आयोजना गरेको छ ।
ओली चौथो पटक प्रधानमन्त्री बनेका हुन् । यसअघि उनी २०७२, २०७४ र २०७८ सालमा गरी तीन पटक प्रधानमन्त्री बनेका थिए ।
नयाँ सत्ता समिकरण बनाएका कांग्रेस र एमाले पहिलो चरणमा सानो मन्त्रिपरिषद् गठन गर्न गृहकार्यमा जुटेका छन् ।
नयाँ सरकारमा नेपाली कांग्रेसले उपप्रधानमन्त्रीसहित १० वटा मन्त्रालय र एमालेले प्रधानमन्त्रीसहित ९ वटा मन्त्रालयको नेतृत्व गर्ने टुंगो लागिसकेको छ । तर, अन्य दललाई समेत सहभागी गराउनुपर्ने भएकाले मन्त्रालयको संख्या थपघट हुन सक्ने एमालेले जनाएको छ ।
प्रतिक्रिया