नवनियुक्त प्रधानमन्त्री ओलीद्वारा पद तथा गाेपनीयताकाे शपथ ग्रहण

काठमाडाैं, असार ३१ ।
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्बाट विश्वासको मत नपाएपछि राष्ट्रपतिको आह्वानमा ओली आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनी संविधानको धारा ७६ (२) अनुसार चौथो पटक प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।
प्रतिक्रिया