प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाबाट दुई तिहाई बहुमतकाे विश्वास प्राप्त

प्रकाशित मिति: ६ श्रावण २०८१, आईतवार १८:५५


काठमाडाैं, श्रावण ६ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट दुई तिहाई बहुमतको विश्वास प्राप्त गरेका छन् ।

गत असार ३१ गते संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त भएका ओलीले आज आइतबार ७६ (४) अनुसार प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न प्रस्ताव पेश गरेका थिए ।

उक्त प्रस्तावको पक्षमा १ सय ८८ सांसद्ले मतदान गरेका छन् भने विपक्षमा ७४ सांसद्ले मतदान गरेका छन् ।

सभामुख देवराज घिमिरेले दिएको जानकारीअनुसार, आइतबारको प्रतिनिधि सभा बैठकमा २ सय ६३ सांसद् उपस्थित रहेका थिए । उपस्थितमध्ये ओलीलाई १ सय ८८ जना सांसद्ले विश्वासको मत दिएका हुन् । एक जना सांसद् भने तठस्थ बसेका छन् ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच गत असार १७ गते मध्यराति भएको सहमतिअनुसार ओली प्रधानमन्त्री नियुक्त भएका थिए ।

गत असार २८ गते निवर्तमान प्रधानमन्त्री प्रचण्डले संसद्‌बाट विश्वासको मत गुमाएपछि ओलीले कांग्रेसको समर्थनमा प्रधानमन्त्रीको दाबी पेश गरेका थिए ।

अन्य कसैको दाबी नपरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले गत असार ३१ गते ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।

यी दुई दलबीच भएको समझदारीअनुसार, ओलीले पहिले दुई वर्ष र त्यसपछि ०८४ को निर्वाचनसम्मका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्नेछन् ।


प्रतिक्रिया


ताजा खबर

More

अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ

काठमाडाैं, चैत २८ । अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ परेका.....