सांसद् नारायणकाजी श्रेष्ठ विधायन समितिमा मनाेनयन

काठमाडाैं, श्रावण ७ ।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सांसद् नारायणकाजी श्रेष्ठ प्रकाशलाई आज सोमबार राष्ट्रिय सभा नियमावलीको नियम १४९ बमोजिम विधायन व्यवस्थापन समितिमा मनोनयन गरेका छन् ।
राष्ट्रिय सभाको आजको बैठकमा सांसद्हरूले समितिमा सांसद् श्रेष्ठको मनोनयनलाई सहमति जनाएका थिए । आजको बैठकमा अध्यक्ष दाहालले आकस्मिक समय, शून्य समय, विशेष समय र प्रादेशिक सरोकार समयमा सांसद्हरूले उठाएका विषयको राष्ट्रिय सभा नियमावली २०७५ मा तोकिएको समयावधिभित्र सभामा आएर पूर्वनिर्धारित तालिकाअनुसार जवाफ दिन सम्बन्धित मन्त्रीहरूलाई ध्यानाकर्षणसमेत गराएका थिए ।
प्रतिक्रिया