प्रभु बैंक र कलेज अफ मेडिकल साइन्सबीच विशेष छुट सम्झौता

काठमाडौं, असोज १३ ।
नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त संस्था प्रभु बैंक लिमिटेड र चितवन, भरतपुर महानगरपालिका वडा नं.–१० स्थित कलेज अफ मेडिकल साइन्स (College of Medical Sciences) बीच विशेष छुटसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । असोज १३ गते आइतबारका दिन प्रभु बैँकका तर्फबाट चितवन प्रदेश प्रमुख सांग्रीला श्रेष्ठ तथा College of Medical Sciences का तर्फबाट Additional Director डा. मनोहर प्रधानले सम्झौता पत्रमा संयुक्त रूपमा हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौताअनुसार College of Medical Sciences सँग प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरूले सेवा तथा सुविधा लिएबापत विशेष छुट पाउने भएका छन् । सीओएमएसमा उपचार गर्दा औषधी, सिटि स्क्यान र एमआरआई बाहेक सम्पूर्ण सेवाका साथै एक्स–रे र यूएसजीमा समेत २०% सम्म को छुट पाउने छन् । प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले College of Medical Sciences को सुविधा तथा सेवा प्राप्त गर्नको निमित्त बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैंकका अन्य कुनै विद्युतीय प्रणालीद्वारा बिल भुक्तानी गर्नुपर्नेछ । तर यो सुविधा प्राप्त गर्नको लागि प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूलाई परिचय पत्र तथा परिवारको सदस्यको लागि नाता खुल्ने कागजात अनिवार्य पेश गर्नुपर्ने छ ।
ग्राहकहरूको रोजाईको अग्रणी बैंकको रूपमा रहेको तथा हालसालै “बैंक अफ द इयर–२०२३” को उपाधीबाट सम्मानित प्रभु बैंकको नेपालभर ३ सय १५ वटा शाखा कार्यलयहरू, २ सय ८६ वटा एटीएम मेसिनका साथै ६९ वटाभन्दा बढी एक्सटेन्सन काउण्टरमार्फत् करिब ३१ लाखभन्दा बढी ग्राहकहरूलाई “विश्वास लिन्छौँ विश्वास दिन्छौँ” भन्ने मूल नाराका साथमा बैंकिङ्ग एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत् गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धीको रूपमा अगाडि बढिरहेको बैंकले एक प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।
प्रतिक्रिया