सुनकाे मूल्य पुनः बढेसँगै नयाँ रेकर्ड कायम

प्रकाशित मिति: १ कार्तिक २०८१, बिहीबार ११:१०


काठमाडाैं, कार्तिक १ ।
सुनचाँदी काराेबारकाे पाँचाैँ दिन आज बिहीबार नेपाली बजारमा पुनः सुनकाे मूल्य बढेसँगै हालसम्मकै सर्वाधिक महँगो मूल्यको रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यावसायी महासंघकाअनुसार आज सुनको मूल्य प्रति तोला १ लाख ६२ हजार ४ सय रुपैयाँ कायम भएको छ । यो अलिहेसम्मकै सर्वाधिक महँगो मूल्य हो ।

हिजो बुधबार १ हजार ३ सय रुपैयाँले बढेर सुन तोलाको १ लाख ६१ हजार ८ सय रुपैयाँ पुगेको थियो । बुधबारको मूल्यमा थप ६ सय रुपैयाँ बढेर आज सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको हो ।

मंगलबार सुनको मूल्य १ लाख ६० हजार ५ सय रुपैयाँ रहेकाे थियो । असोजमा महँगो मूल्यको नयाँ-नयाँ कीर्तिमान बनाएको सुनको मूल्यले कार्तिक १ गते पनि नयाँ रेकर्ड बनाएको छ ।

चाँदीको मूल्य भने आज बढेको छैन । आज पनि चाँदी बुधबारकै मूल्य १ हजार ९ सय ५० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदीको मूल्य १ हजार ९ सय २५ रुपैयाँ कायम रहेकाे थियो । बुधबार तोलामा २५ रुपैयाँले बढेको चाँदीको मूल्य आज पनि साेही मूल्य यथावत रहेकाे छ ।


प्रतिक्रिया


ताजा खबर

More

ललितपुरकाे खपिन्छेँस्थित घरकाे पानी ट्यांकीमा ११ वर्षीया बालिकाकाे शव फेला

काठमाडाैं, चैत ३१ । ललितपुर महानगरपालिकाको मंगलबबारनजिक खपिन्छेँ टोलको एक घरको पानी.....