प्रम ओली र व्यावसायी गुरुङविरुद्ध अख्तियारमा उजुरी

प्रकाशित मिति: १ कार्तिक २०८१, बिहीबार १३:३९


काठमाडाैं, कार्तिक १ ।
प्रधानमन्त्री केपी शर्मा ओली र व्यावसायी मिनबहादुर गुरुङविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

भाटभटेनी सुपर मार्केटका अध्यक्ष गुरुङले एमालेको केन्द्रीय पार्टी कार्यालयको निर्माण गर्नको लागि कूल १० रोपनी १४ आना जग्गा उपलब्ध गराएपछि पछिल्लो समय यो विषय विवादमा परेको छ ।

सोही जग्गाको विषयलाई लिएर युवराज पौडेलले उनीहरूविरुद्ध अख्तियारमा उजुरी दिएका हुन् । ओली र गुरुङलाई तत्काल पक्राउ गरी अनुसन्धान अघि बढाउन उजुरीकर्ता पौडेलले माग गरेका छन् ।

उनले दर्ता गराएको उजुरीमा भ्रष्टाचार निवारण ऐन २०५९ द्वारा आवश्यक अनुसन्धान गरी हदैसम्म कारबाही माग गरिएको छ ।

‘विवादास्पद व्यक्तिबाट करोडौँ रुपैयाँको जग्गा घुस बापत लिने र करोडौँ खर्च गरी पार्टी कार्यालयसमेत बनाउन लगाउने प्रधानमन्त्री केपी शर्मा ओली र आफ्नो व्यक्तिगत एवं व्यावसायगत लाभ लिने, आफ्ना मुद्दा खारेज गर्ने नियतका साथ करोडौँको जग्गा घुस दिने भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङ भ्रष्टाचार निवारण ऐन २०५९ (संशोधनसहित) बमोजिम तत्काल पक्राउ गरी हदैसम्मको कारबाही गर्नुपर्ने मनासिव देखिएको‘,’ उजुरीमा भनिएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

बुधबारदेखि काठमाडाैं उपत्यकामा हल्का वर्षाकाे सम्भावना, वर्षासँगै प्रचण्ड गर्मीमा राहत

काठमाडाैं, जेठ २७ । जल तथा मौसम विज्ञान विभागले भाेलि बुधबारदेखि हल्का वर्षाको सम्भावना.....