भक्तपुरबाट श्राेत नखुलेकाे रु. ८ लाख नगदसहित ३७ वर्षीय पुरुष पक्राउ

काठमाडाैं, कार्तिक १ ।
भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-९ राधेराधेबाट श्राेत नखुलेको नेपाली रुपैयाँसहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीकाे टोलीले रौतहटको गजुरा नगरपालिका वडा नं-४ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका-७ रातोपुलमा बस्दै आएका ३७ वर्षीय शशीकान्त चौलागाईंलाई पक्राउ गरेको हो ।
प्रहरीकाअनुसार चौलागाईंले बोकेको झोलामा श्राेत नखुलेको नगद ८ लाख ५० हजार रुपैयाँ, विभिन्न बैंकका एटीएम कार्ड र अन्य सामान फेला परेको थियाे । ती सामानहरू बरामद गरी चौलागाईंलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी ढुण्डीराज न्याैपानेकाअनुसार चौलागाईंमाथि मुलुकी अपराध संहिता २०७४ को दफा १२५ ‘क’ अन्तर्गत हुण्डीसम्बन्धी कारोबार गर्न नहुने कसुरमा भक्तपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएकाे जनाएकाे छ ।
प्रतिक्रिया