पक्राउ पर्ने त्रासमा रहेका रास्वपा सभापति लामिछाने नयाँ बानेश्वरबाट सिँधै पार्टी कार्यालयमा

काठमाडाैं, कार्तिक २ ।
सहकारी ठगी प्रकरणमा पक्राउ पर्ने त्रासमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्रीसमेत रहेका रवि लामिछाने पार्टी कार्यालय पुगेका छन् । आज शुक्रबार बिहान नयाँ बानेश्वरमा बसेको प्रतिपक्षी दलको बैठकमा सहभागी भएर लामिछाने सिँधै पार्टी कार्यालय बनस्थली पुगेका हुन् ।
बनस्थलीमा यतिबेला कार्यकर्ताको ठूलाे भीड लागेको छ । रविलाई पूर्वाग्रही ढङ्गले पक्राउ गरिएमा सशक्त प्रतिवाद गर्ने कार्यकर्ताहरूको तयारी रहेकाे छ । बनस्थलीमा रहेका रास्वपाका एक नेताकाअनुसार कार्यकर्तालाई पार्टी कार्यालय आउन कुनै निर्देशन जारी भने भएको छैन । यद्यपि उपत्यकामा रहेका कार्यकर्ता स्वस्तःस्फूर्त रूपमा पार्टी कार्यालय आउन सक्ने पार्टीले नीति लिएको छ ।
६ असोजमा पूर्व डीआईजी छबिलाल जोशी पक्राउ परेपछि रास्वपाले सर्कुलर जारी गरेर नेता कार्यकर्तालाई कार्यालयमा आउन आव्हान गरेको थियो । कदम कदाचित प्रहरीले सभापति लामिछानेलाई पक्राउ गरेमा कार्यकर्तालाई प्रतिवादमा उत्रिन लाउने रास्वपाको योजना रहेकाे जनाएकाे छ ।
प्रतिक्रिया