रवि लामिछानेविरुद्ध सहकारी ठगीसँगै संगठित अपराधकाे कसुरमा अनुसन्धान, स्थलमार्ग हुँदै पाेखरा लगिने

प्रकाशित मिति: २ कार्तिक २०८१, शुक्रबार १८:३१


काठमाडाैं, कार्तिक १ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध प्रहरीले सहकारी ठगीसँगै संगठित अपराधको कसुरमा पनि अनुसन्धान गर्न अदालतबाट अनुमति लिएको खुलासा भएको छ ।

जिल्ला प्रहरी कार्यालय, कास्कीले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) सहितका प्रहरी निकायलाई पठाएको पत्रमा ‘ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दा’मा अनुसन्धान गर्न लामिछानेलाई पक्राउ गरेर पठाइदिन आग्रह गरिएको प्रहरी श्राेतले जनाएको छ ।

यसैबीच, सभापति रवि लामिछानेलाई स्थलमार्गबाट पोखरा लगिने भएको छ ।

प्रहरीसँग समन्वय भइरहेको बताउँदै उनले आफू सडकमार्गबाट पोखरा जाने धारणा राखेको पार्टीका कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

यसबारे सुरक्षा अधिकारीहरूसँग कुराकानी भइसकेको झाको भनाई छ । झाकाअनुसार, त्यसअघि लामिछानेले पार्टी कार्यालयमा सञ्चारकर्मी र समर्थकहरू माझ केही कुराहरू राखेका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

बुधबारदेखि काठमाडाैं उपत्यकामा हल्का वर्षाकाे सम्भावना, वर्षासँगै प्रचण्ड गर्मीमा राहत

काठमाडाैं, जेठ २७ । जल तथा मौसम विज्ञान विभागले भाेलि बुधबारदेखि हल्का वर्षाको सम्भावना.....