भक्तपुरमा लागूऔषधसहित औषधी पसल सञ्चालक पक्राउ

काठमाडौं, कार्तिक ६ ।
भक्तपुरमा लागूऔषधसहित औषधी पसल सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको नरहा गाउँपालिका मध्यपुर ठिमी नगरपालिका-२ घर भई भक्तपुरको लोकन्थली बस्ने ३० वर्षीय रोहित सिंह रहेका जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
लोकन्थलीमा सिंहले सञ्चालन गरेको औषधी पसलमा लागूऔषध बिक्री भइरहेको छ भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी परिसर र प्रहरी वृत्त ठिमीबाट टोली खटिएको थियो ।
यस्तै, प्रहरीले दाङको घोराही उपमहानगरपालिका-१५ घर भई ललितपुरको बालकुमारी बस्ने २२ वर्षीय बलिराम खड्कालाई पनि पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए ।
प्रतिक्रिया