रास्वपाका कार्यकर्ताले घुसपैठिया भन्दै आफ्नै नेतामाथि रगताम्य हुने गरी कुटपिट

काठमाडाैं, कार्तिक ६ ।
राजनीतिक प्रतिशोध भन्दै सभापति रवि लामिछानेका पक्षमा पोखरामा भइरहेको प्रदर्शनकाे क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले घुसपैठिया भन्दै आफ्नै नेतामाथि रगताम्य हुने गरी कुटपिट गरेको पुष्टि भएको छ ।
घुसपैठ गरेर परिस्थितिलाई उत्तेजक बनाएको आरोपमा कुटिएर रक्ताम्य भएका व्यक्ति रास्वपा मादी गाउँपालिका संयोजक पदमराज पौडेल रहेको खुलेको हो ।
पौडेलले नचिनेका कार्यकर्ताहरूको कुटाइबाट आफू घाइते भएको स्वीकार गरेका छन् । मुक्का प्रहारबाट मुख फुटेपछि २ टाँका लगाइएको पौडेलले बताएका छन् । उनी अहिले घरमै आराम गरिरहेका छन् ।
रास्वपा सांसद् हरि ढकालको अगाडि उनीमाथि कांग्रेस-एमालेको घुसपैठिया भनी निर्घात कुटपिट भएको थियो ।
प्रतिक्रिया