बलात्कार र गर्भपतन मुद्दाका फरार प्रतिवादी ३५ वर्षीय पुरुष कीर्तिपुरकाे पाँगाबाट पक्राउ

काठमाडाैं, कार्तिक ६ ।
बलात्कार र गर्भपतन मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यानको बागचौर घर भएर हाल कीर्तिपुर नगरपलािका बस्दै आएका ३५ वर्षीय रामचन्द्र केसी रहेका छन् ।
उनलाई कीर्तिपुरस्थित पाँगाबाट पक्राउ गरिएको सीआईबीका एसपी होबिन्द्र बोगटीले जानकारी दिएका छन् । बलात्कार र गर्भपतन मुद्दामा उच्च अदालत सुर्खेतले उनीविरुद्ध १२ वर्ष ६ महिना कैद सजाँय र ५ हजार रुपैयाँ जरिवाना हुने ठहर गरेको छ । २०८१ बैशाखमा भएको सो फैसलापछि उनी फरार हुँदै आएका थिए । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय सल्यानले अनुसन्धान गरेर प्रतिवेदन पनि बुझाएको थियो ।
प्रतिक्रिया