काठमाडौंको कलंकीस्थित एक गेष्ट हाउसमा २९ वर्षीया युवती मृत फेला

काठमाडाैं, कार्तिक ७ ।
काठमाडौं महानगरपालिकाको कलंकीस्थित गण्डकी गेष्ट हाउसमा २९ वर्षीया युवती मृत अवस्थामा भेटिएकी छन् । काठमाडौं महानगरपालिका-२१ जैसीदेवल घर भएकी कञ्चन गौतम गेष्ट हाउसको कोठा नम्बर-२०३ मा मृत फेला परेकी हुन् ।
मृतकले क्यूटीपीम आर-३०० नामको ७० ट्याब्लेट औषधी सेवन गरेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए । उनले भने, ‘प्रारम्भिक अनुसन्धानबाट औषधीको ओभरडोजबाट मृत्यु भएको देखिन्छ, हामी थप अनुसन्धान गर्दैछौँ ।’
असोज ५ मा साँझ उनी सो गेष्ट हाउसमा बस्न गएकी हुन् । शव पोस्ट मार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।
प्रतिक्रिया