काठमाडाैं ताहाचलका ५२ वर्षीय महर्जनकाे घरमा जुवातास खेलिरहेकाे अवस्थामा २१ जना पक्राउ

प्रकाशित मिति: ७ कार्तिक २०८१, बुधबार १९:३६


काठमाडाैं, कार्तिक ७ ।
काठमाडौं महानगरपालिका-१३ ताहाचल बस्ने ५२ वर्षीय सुरज महर्जनको घरमा जुवातास खेलिरहेको अवस्थामा सुरजसमेत १० जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५४ हजार ९ सय ८० रुपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।

उदयपुर चौदण्डीगढी नगरपालिका-६ बेल्टार बजार बस्ने प्रवत गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रवतसमेत ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे । ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख रुपैयाँ र ३३ बुक तासतहित पक्राउ गरेको हो ।

बाँके नेपालगञ्ज उपमहानगरपालिका-४ सल्यानी बङ्गला बस्ने जगदिश गुप्ताको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३४ वर्षीय हरसिद्ध रस्तोगीसमेत ७ जनालाई गएराति प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हजार ६ सय २५ रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।


प्रतिक्रिया

ताजा खबर

More

बुधबारदेखि काठमाडाैं उपत्यकामा हल्का वर्षाकाे सम्भावना, वर्षासँगै प्रचण्ड गर्मीमा राहत

काठमाडाैं, जेठ २७ । जल तथा मौसम विज्ञान विभागले भाेलि बुधबारदेखि हल्का वर्षाको सम्भावना.....