भारतलाई पराजित गर्दै साबिक बिजेता बंगलादेश सेमिफाइनलमा प्रवेश

प्रकाशित मिति: ७ कार्तिक २०८१, बुधबार १९:५९


काठमाडाैं, कार्तिक ७ ।
साबिक बिजेता बंगलादेश साफ महिला च्याम्पियनशीपकाे सेमिफाइनलमा प्रवेश गरेको छ ।

काठमाडाैंकाे त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज बुधबार साँझ भएको खेलमा पाँच पटकको च्याम्पियन भारतलाई ३-१ गोलकाे अन्तरले पराजित गर्दै बंगलादेश समूह  ‘ए’ को बिजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेकाे हाे ।

बंगलादेशको जितमा तोहुरा खातुनले २ तथा अफिदा खान्दाकरले १ गोल गरेकी थिइन् । भारतका लागि पहिलो हाफको अन्त्यतिर बाला देवीले गरेकाे गोल सान्त्वना बन्यो ।

हारेपछि भारत समूह उपबिजेता बन्दै अन्तिम चारमा पुगेको छ । भारत यसअघि नै सेमिफाइनलमा पुगेको थियो । बंगलादेशको जितसँगै पाकिस्तान समूह चरणबाट बाहिरिएको छ ।

शीर्ष स्थानमा रहेको बंगलादेशदेले २ खेलबाट ४ अंक बनायो । दोश्राे स्थानमा रहेको भारतले ३ र अन्तिममा रहेको पाकिस्तानले १ अंक बनायो ।

यसअघि, भारतले पहिलो खेलमा पाकिस्तानलाई ५-२ गोलले पराजित गरेको थियो । बंगलादेश र पाकिस्तानले भने १-१ गोलको बराबरी खेलेका थिए ।


प्रतिक्रिया

ताजा खबर

More

बुधबारदेखि काठमाडाैं उपत्यकामा हल्का वर्षाकाे सम्भावना, वर्षासँगै प्रचण्ड गर्मीमा राहत

काठमाडाैं, जेठ २७ । जल तथा मौसम विज्ञान विभागले भाेलि बुधबारदेखि हल्का वर्षाको सम्भावना.....