काठमाडाैंकाे आलाेकनगरमा घरकाे चाैथाे तलाबाट खसेर ४२ वर्षीय पुरुषकाे मृत्यु

प्रकाशित मिति: ८ कार्तिक २०८१, बिहीबार १३:११


काठमाडाैं, कार्तिक ८ ।
काठमाडाैं महानगरपालिका आलोकनगरस्थित एक घरको चौथो तलाबाट लडेर नुवाकोटको बेलकोटगढी नगरपालिका-५का स्थायी बासिन्दा ४२ वर्षीय दिलबहादुर भुजेलको मृत्यु भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंकाअनुसार काठमाडौं महानगरपालिका-३१ आलोकनगरस्थित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टी कार्यालयनजिक रहेको भिटु श्रेष्ठको निर्माणाधीन घरमा काम गरिरहेका बेला लडेर निजको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनको उपचारका क्रममा मीनभवनस्थित सिभिल अस्पतालमा मृत्यु भएको हो ।


प्रतिक्रिया

ताजा खबर

More

बुधबारदेखि काठमाडाैं उपत्यकामा हल्का वर्षाकाे सम्भावना, वर्षासँगै प्रचण्ड गर्मीमा राहत

काठमाडाैं, जेठ २७ । जल तथा मौसम विज्ञान विभागले भाेलि बुधबारदेखि हल्का वर्षाको सम्भावना.....