रास्वपा सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडाैं, कार्तिक ८ ।
जिल्ला अदालत कास्कीले सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
आज बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।
लामिछाने गत शुक्रबार काठमाडौंबाट पक्राउ परेका थिए । त्यसैरात उनलाई गाडीबाट पोखरा लगिएको थियो । पहिलो पटक उनलाई ६ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको थियो ।
प्रतिक्रिया