काठमाडाैंकाे काेटेश्वरमा माेटरसाइकलकाे ठक्करबाट ४० वर्षीय पुरुषकाे मृत्यु

प्रकाशित मिति: २८ कार्तिक २०८१, बुधबार १३:५३


काठमाडाैं, कार्तिक २८ ।
काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर भाटभटेनीस्थित सडकमा वागमती प्रदेश ०२-०२० प ५१७७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुषको गएराति मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिनुका साथै दुर्घटनाको सम्बन्धमा आवश्यक थप अनुसन्धान अगाडि बढाइएकाे प्रहरीले जनाएकाे छ ।


प्रतिक्रिया


ताजा खबर

More

अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ

काठमाडाैं, चैत २८ । अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ परेका.....