काठमाडाैंकाे मूलपानीमा गाडीले ठक्कर दिँदा ९ वर्षीय बालककाे मृत्यु

प्रकाशित मिति: २८ कार्तिक २०८१, बुधबार १७:३८


काठमाडाैं, कार्तिक २८ ।
कागेश्वरी मनोहरा नगरपालिका-६ मूलपानी तिवारी टोलस्थित सडकमा गाडीले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ ।

बा. ११ च ७६०९ नम्बरको हात्ती गाडीको ठक्करबाट सोही ठाउँ बस्ने महोत्तरी गौशाला नगरपालिका-१० घर भएका गणेश थापामगरका छोरा ९ वर्षीय शिव थापामगरको मृत्यु भएको हाे ।

मंगलबार दिउँसो भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको शंखरापुर अस्पताल नारायणटार हुँदै ग्राण्डी अस्पताल टोखामा आज बुधबार दिउँसो उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।


प्रतिक्रिया


ताजा खबर

More

अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ

काठमाडाैं, चैत २८ । अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ परेका.....