सानिमा बैंकको २० औँ साधारण सभा सम्पन्न

काठमाडौं, मंसिर ४ ।
नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त संस्था सानिमा बैंक लिमिटेडले आज मंगलबारका दिन २० औँ वार्षिक साधारण सभा सफलतापूर्वक भव्य रूपमा सम्पन्न गरेको छ ।
बैंकका अध्यक्ष तुकप्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार हालको चुक्ता पूँजीको ५.२६३२ प्रतिशत नगद लाभांश (करसहित) प्रदान गर्ने प्रस्तावसमेत पारित गरेको छ ।
आर्थिक वर्ष २०८०/०८१ मा रु. २.४० अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कूल सम्पत्ति रु. २३३.८६ अर्ब, कूल निक्षेप रु. १९९.३८ अर्ब तथा खुद कर्जा सापटी रु. १६४.९४ अर्ब रहेको छ । आर्थिक वर्ष २०७९/०८० को तुलनामा निक्षेप, कर्जा सापटी र कूल सम्पत्तिमा क्रमशः ११.४८, १०.०६ र ८.४५ प्रतिशतले वृद्धि गरेको बैंकले एक प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।
बैंकको वित्तीय परिसूचक (असार मसान्त २०८१)
प्रतिक्रिया