आफ्ना ग्राहकवर्गलाई मध्यनजर गर्दै सानिमा बैंक अब काठमाडौंको थलीमा पनि विस्तार

प्रकाशित मिति: ९ मंसिर २०८१, आईतवार १८:२७


काठमाडौं, मंसिर ९ ।
नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त संस्था सानिमा बैंक लिमिटेडले आज मंसिर ९ गते आइतबारका दिन काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-५, स्थित थलीमा पनि बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्की, ब्राण्ड प्रबर्द्धक वरिष्ठ हाँश्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) तथा बैंकका सञ्चालक लक्ष्मी प्रपन्न निरौला र प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले संयुक्त रूपमा गरेका हुन् ।

समुद्घाटन समारोहमा, नगर प्रमुख कार्कीले सानिमा बैंकले नगरपालिकाको भवनमा शाखा विस्तार गरेकोमा कृतज्ञता व्यक्त गर्दै यस बैंकमार्फत् स्थानीयमा सहज बैंकिङ्ग सेवाको पहुँचबाट लाभान्वित हुनेमा जोड दिएका छन् । यसैगरी मह जोडीले थलीमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बंैकको रूपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरेका छन् ।

त्यसैगरी, सानिमा बैंकका सञ्चालक लक्ष्मी प्रपन्न निरौला तथा प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेद्वारा बैंकका ग्राहक तथा सरोकारवालाहरूलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।

सानिमा बैंकको देशका सातै प्रदेशमा गरी १ सय ३४ वटा कार्यालय र १ सय २४ वटा एटीएम मेसिनमार्फत् आफ्ना ग्राहकवर्गहरूलाई सर्वशुलभ सेवा प्रदान गर्दै आइरहेको बैंकले एक प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।


प्रतिक्रिया


ताजा खबर

More

अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ

काठमाडाैं, चैत २८ । अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ परेका.....