सिटी एक्सप्रेसलाई मध्यम स्तरीय करदाता कार्यालयको विशेष अन्तरक्रियामा सम्मान

काठमाडौं, मंसिर १० ।
सरकारलाई बढी कर बुझाउने सिटी एक्सप्रेस मनी टान्सफरलाई मध्यम स्तरीय करदाता कार्यालयले सम्मान गरेको छ । गत हप्ता मध्यम स्तरीय करदाता कार्यालयमा आयोजित करदातासँगको अन्तरक्रिया कार्यक्रममा प्रमुख कर प्रशासक पार्वती शर्माले सिटी एक्सप्रेसका अध्यक्ष चन्द्र टण्डनलाई सम्मानित गरेका थिए । सम्मानका क्रममा कार्यालयको तर्फबाट बधाई तथा शुभकामना दिँदै शर्माले अन्य सम्पूर्ण करदाताले समेत सिटी एक्सप्रेस जस्तै समयमा कर तिर्ने करदाताको पहिचान बनाउन सबैलाई आग्रह गरिन् । सो कार्यक्रममा कर दातालाई कर इमान्दार भएर तिरी दिन कार्यालयको तर्फबाट अनुरोध गर्दै कर शिक्षा, बक्यौता असुली र आर्थिक ऐन २०८१ ले दिएका सुविधा बारे छलफल भएको थियो । सिटी एक्सप्रेसका अध्यक्ष चन्द्र टण्डनले कर तिर्नु करदाताको दायित्व मात्र नभएर कर्तव्य पनि हो र सबै जनाले पारदर्शी रूपमा कर तिरेर समृद्ध नेपाल बनाउन सहयोग गर्नको लागि सम्पूर्ण व्यक्तिहरूलाई अनुरोध पनि गरे । साथै मध्यम स्तरीय करदाता कार्यालयले व्यावसायीमैत्री सम्बन्धमा साथ काम गरेकोमा धन्यबाद दिए ।
मध्यम स्तरीय करदाता कार्यालयमा सिटी एक्सप्रेस, रेमिट्यान्स कम्पनीहरू मध्ये सबैभन्दा बढी कर बुझाएपछि उत्कृष्ट करदाताको रूपमा सम्मानित भएको हो ।
आर्थिक वर्ष २०७९/०८० को आय विवरणअनुसार रेमिट्यान्स तथा मनी ट्रान्सफरको कारोबार गर्ने मध्ये सिटी एक्सप्रेस धेरै कर तिर्ने कम्पनी बनेको छ ।
कम्पनीलाई मंसिर १ गते शनिबार राष्ट्रिय कर दिवस-२०८१ को अवसरमा आन्तरिक राजश्व विभागले आर्थिक वर्ष २०७९/०८० मा सबैभन्दा बढी कर तिर्ने कम्पनीका रूपमा सम्मान गरेको थियो ।कम्पनीलाई रेमिट्यान्स तथा मनी ट्रान्सफरको कारोबार गर्ने मध्येबाट सबैभन्दा धेरै आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पुर्याएको भन्दै सम्मान गरिएको हो ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १८ वर्षदेखि संसारभरबाट नेपालमा पैसा भित्र्याउन रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेटमार्फत् अनलाइन भुक्तानीको सेवा पनि सुचारु गरिसकेको छ । सिटी पेबाट रेमिट्यास भुक्तानी पनि गर्न सकिने कम्पनीले एक प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।
प्रतिक्रिया