नेशनल लाईफको मिट द सीईओ कार्यक्रम भव्य तरिकाले सम्पन्न

प्रकाशित मिति: १० मंसिर २०८१, सोमबार १८:२०


काठमाडौं, मंसिर १० ।
नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले मासिक योजनाअन्तर्गत तोकिएको लक्ष्य पूरा गर्ने अभिकर्ताहरूलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृतसँग साक्षात्कारसहितको डिनर कार्यक्रम “मिट द सीइओ” भव्य र सभ्य तरिकाले सु-सम्पन्न गरेको छ ।

वागतमी प्रदेशबाट योग्य भएका करिब १ सय १० जना अभिकर्ताहरू, विभागीय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरूको सहभागितामा प्रमुख कार्यकारी अधिकृतले लक्ष्य पूरा गर्ने सबै अभिकर्ताहरूलाई मायाको चिनो प्रदान गरेका थिए भने स्किममा व्यवस्था भएअनुरूप अर्लि क्वालिफायर बिजेता र सर्टिफिकेट अफ एक्सिलेन्स प्राप्त गर्न सफल अभिकर्ताहरूलाई विशेष सम्मानसमेत गरिएको थियो ।

प्रमुख कार्यकारी अधिकृतले यस कार्यक्रममा छनोट हुने सम्पूर्ण अभिकर्ताहरूलाई प्रदेश स्तरीय सम्मान गर्ने क्रममा वागमती प्रदेशबाट छनोट हुने अभिकर्ताहरूलाई सम्मान गरेका हुन् ।

समारोहमा प्रमुख कार्यकारी अधिकृतले समय सान्दर्भिक योजनाहरू प्रस्तुत गर्ने क्रममा मिट द सीईओ स्किम ल्याइएको र नेपालभरबाट ३ सयभन्दा बढी अभिकर्ताहरू छनोट भएकोमा वागमती प्रदेशबाट मात्रै १ सय १० जना अभिकर्ताहरू छनोट हुन सफल भएकोले यस स्किममा जोडिने सम्पूर्ण अभिकर्ताहरूलाई हार्दिक बधाई ज्ञापन गरेका थिए ।

कार्यक्रममा सहभागी अभिकर्ताहरूले कम्पनीका प्रमुख कार्यकारी अधिकृत समक्ष बीमा व्यावसायमा भोगेका समस्या, गुनासा, कम्पनीले सुधार गर्नुपर्ने पक्षहरूका बारेमा विस्तृत रूपमा जानकारी गराउन पाएकोमा खुशी व्यक्त गर्दै यस योजनाले अभिकर्ता र सीईओ दुबैलाई प्रत्यक्ष रूपमा जोडी अन्तरक्रिया गर्ने अवसर जुराउँदा अभिकर्ता तथा कम्पनी दुबै पक्षलाई हीत हुने भएकोले यस प्रकारको योजना आगामी दिनहरूमा पनि ल्याउनु पर्ने सुझावसमेत प्रस्तुत गरेका थिए ।


प्रतिक्रिया


ताजा खबर

More

अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ

काठमाडाैं, चैत २८ । अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ परेका.....