“गरिमा समृद्धि योजना” का इकाईहरू बाँडफाँड

प्रकाशित मिति: १८ पुष २०८१, बिहीबार २१:२०


काठमाडौं, पुष १८ ।
गरिमा क्यापिटल लिमिटेडको योजना व्यवस्थापन तथा नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत पत्र प्राप्त राष्ट्रियस्तरको विकास बैंक गरिमा विकास बैंक लिमिटेडको कोष प्रबर्द्धनमा रहेको गरिमा म्युचूअल फण्डअन्तर्गत “गरिमा समृद्धि योजना” इकाईहरू बाँडफाँड गरिएको छ ।

बन्दमुखी योजनाको बीज पूँजीसहित अंकित मूल्य रु. १० दरका १० करोड इकाईहरू २०८१ पुष ७ गतेदेखि ११ गतेसम्म सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला गरिएको हो ।

उक्त अवधिभर रितपूर्वक आवेदन दिएका ९४ हजार ६ सय ८१ जना आवेदकहरूमार्फत् १२ करोड १८ लाख ७८ हजार ५ सय १० इकाईका लागि रितपूर्वक आवेदन प्राप्त भएको थियो ।

निष्काशन गरिएको इकाईभन्दा अधिक इकाईको लागि आवेदन प्राप्त हुन आएकोले विद्यमान “सामूहिक लगानी कोष निर्देशिका, २०६९” मा भएको व्यवस्थाबमोजिम योजनाको आकारको अधिकतम २५ प्रतिशतसम्मको इकाई बाँडफाँड गर्न सकिने व्यवस्था रहेको छ ।

इकाई खरिदका लागि रितपूर्वक आवेदन दिएका सम्पूर्ण आवेदकहरूलाई “धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४” को अधिनमा रही आज बिहीबार पुष १८ गते बिहानको ९ बजे निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा इकाई बाँडफाँड गरिएको छ । बीज पूँजीसहित योजनाको आकार एक अर्ब २५ करोड रुपैयाँ अर्थात् १२ करोड ५० लाख इकाई कायम गरिएको कम्पनीले एक प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

ग्रेटर नेपालका संस्थापक फणिन्द्र नेपाल सिंहदरबारबाट पक्राउ

काठमाडौं, पुष २२ । ग्रेटर नेपालका संस्थापक फणिन्द्र नेपाल पक्राउ परेका छन्.....

तटरक्षक बलको हेलिकोप्टर दुर्घटना, तीन जनाको मृत्यु

एजेन्सी, पुष २१ । भारतको गुजरातमा.....

अनामनगरस्थित धोबिखोलामा कार खसेर दुर्घटना

काठमाडौं, पुष २१ । काठमाडौं.....