कुमारी बैंकद्वारा माननीय स्वास्थ्य मन्त्रीको आतिथ्यमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न

प्रकाशित मिति: २२ पुष २०८१, सोमबार १६:०९


काठमाडौं, पुष २२ ।
युएसएड  (USAID) सँगको साझेदारीमा “देशैभरी वर्षैभरी” उद्यमशीलता विकास एवं प्रबर्द्धनका लागि नियमित रूपमा उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त संस्था कुमारी बैंक लिमिटेडले हात्तिगौडा शाखामार्फत् बुढानीलकण्ठ नगरपालिका, वडा नं.-४ को समन्वयमा बुढानीलकण्ठमा महिला तथा युवा उद्यमशीलता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । जसमा दुई सयभन्दा बढी महिला तथा युवा उद्यमीहरूको उल्लेख सहभागिता रहेको थियो ।

प्रमुख आतिथ्यमा माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेल र बुढानीलकण्ठ नगरपालिका वडा नंं.-४ का अध्यक्ष श्रीराम के.सी.को उपस्थिितिमा आयोजित कार्यक्रममा बुढानीलकण्ठ नगरपालिका वडा नंं.-४ मा स्थायी बसोबास गर्दै आएका उद्यमी महिला तथा युवाहरूको लागि एक दिने उद्यमशीलता प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो । उक्त प्रशिक्षण कार्यक्रमले वडामा स्थायी बसोबास गर्दै आएका उद्यमी महिला तथा युवाहरूको जीवनस्तर उकास्न तथा व्यावसाय र उद्यमलाई प्राथमिक रूपमा अगाडि बढाउन प्रोत्साहन मिल्ने उद्देश्य लिएको वडा नं.-४ का अध्यक्ष श्रीराम के.सी.ले बताए ।

वित्तीय ज्ञान, शीप, मनोवृद्धि तथा व्यावहार विकासबाट मात्रै व्यावहारिक रूपमा उद्यमशीलता प्रबर्द्धन तथा विकास हुने विश्वास लिएको कुमारी बैंकले यस अभियानमा सर्वसाधारणहरूको विषयगत संवेदनशीलतालाई सहजै बुझ्न सकिने गरी वित्तीय उद्यमी प्रशिक्षण, वित्तीय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रियस्तरमा ख्याति प्राप्त कलाकारहरूको अभिनयसहितका सन्देशमूलक भिडियोहरू, सचेतनामूलक सन्देशहरू विकास गरी नियमित रूपमा प्रकाशन तथा प्रशारणसमेत गरिरहेको छ । उद्यमी प्रशिक्षणबाट हरेक स्थानीय निकायमा रहेका उद्यमी सोचहरूको प्रबर्द्धन तथा विकासमा टेवा दिँदै आर्थिक रूपमा समृद्ध परिवार, समाज तथा राष्ट्र निर्माणमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

विगत २३ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले अनवरत रूपमा वित्तीय साक्षरता प्रबर्द्धन गर्दै आफ्ना देशभर रहेका ३ सय २ वटा शाखा सञ्जाल, ३ सय १५ वटा एटीएम मेसिन, ५० वटा एक्सटेन्सन काउण्टर तथा ५४ वटा शाखारहित बैंकिङ्ग इकाईहरूमार्फत् आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, शुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जानेसमेत बैंकले एक प्रेस विज्ञप्ति जारी गरी प्रतिबद्धता जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

रिलायबल नेपाल लाईफ मणिग्राम शाखाद्वारा घातक रोग बापत १५ लाख दाबी भुक्तानी

काठमाडौं, पुष २३ । रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडद्वारा घातक रोग बापत दाबी भुक्तानी.....

भूकम्पका कारण हालसम्म दुई वटा घरमा क्षति

काठमाडौं, पुष २३ । आज मंगलबार बिहान.....