जस्मिन पेन्ट्सको प्राथमिक शेयर निष्काशनको लागि बिक्री प्रबन्धक नियुक्त
काठमाडौं, पुष २३ ।
जस्मिन पेन्ट्स लिमिटेडले प्रति शेयर अंकित मूल्य रु.१००/- दरका ५,००,००० कित्ताले हुन आउने रकम रु.५,००,००,०००/- (अक्षरेपी पाँच करोड मात्र) बराबरको साधारण शेयर सर्वसाधारणमा जारी गर्नका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ ।
उक्त क्रममा जस्मिन पेन्ट्स लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष लक्ष्मण प्रसाद अर्याल र सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले सम्झौता पत्रमा संयुक्त रूपमा हस्ताक्षर गरेका हुन् ।
जस्मिन पेन्ट्स लिमिटेड मनकामना समूहअन्तर्गत स्थापित एक प्रमुख रंग उत्पादक कम्पनी हो, जसले विगत ३० वर्षदेखि फ्याब्रिकेशन व्यावसायअन्तर्गत आधुनिक प्रविधिबाट रंग उत्पादन गरी आफ्नो कारोबार र बजार विस्तार गर्दै आइरहेको कम्पनीले एक प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।
प्रतिक्रिया