रिलायबल नेपाल लाईफ मणिग्राम शाखाद्वारा घातक रोग बापत १५ लाख दाबी भुक्तानी

प्रकाशित मिति: २३ पुष २०८१, मंगलवार १७:०३


काठमाडौं, पुष २३ ।
रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडद्वारा घातक रोग बापत दाबी भुक्तानी कार्यक्रम बीमितको घरमै शुक्रबार सम्पन्न गरेको छ ।

कार्यक्रममा बीमित अमृत खनाललाई घातक रोग बापत रु. १५ लाखको दाबी भुक्तानी गरिएको थियो । बीमित अमृतले २०७८ माघ २७ गते रु. १५ लाखको बीमा योजना लिएका थिए । २०८१ कार्तिकमा उनलाई ब्रेन स्ट्रोक भएपछि यो दाबी दर्ता भएको थियो ।

घातक रोगको दाबी एक कार्यक्रमका बीचमा भएको थियो भने कार्यक्रममा मणिग्राम शाखा प्रमुख कुशराज खनाल, मुर्गिया शाखा प्रमुख गणेश गैरे, भुमही शाखा प्रमुख प्रबिन कँडेल, मार्केटिङ दया तिमिल्सिनालगायतको उपस्थिति रहेको थियो ।

साथै उक्त कार्यक्रममा MDRT माधव भुसाल, MDRT कमला जि सि कुँवर, सिनियर एजेन्सी मेनेजरहरू शालिकराम वोस्ती, शालिकराम भण्डारी समेतको उपस्थिति रहेको थियो । एजेन्सी म्यानेजरहरू रेशम भाट, हिमाल राना, शालिकराम तिवारी, नुमकला पङ्गेनी, टंक भुसाल, बसन्ती गिरीलगायत अभिकर्ता, बीमित परिवार, आफन्तजन र स्थानीयबासीहरूको समेत सहभागिता रहेको थियो ।

कार्यक्रममा वक्ताहरूले बीमाको महत्त्व र आर्थिक संकटमा ग्राहकलाई बीमित र परिवारजनलाई बीमाले सुरक्षाको बलियो काम गर्ने विषयमा चर्चा गरेका थिए ।

रिलायबल नेपाल लाईफ इन्स्योरेन्सले यस कार्यक्रममार्फत् बीमितहरूको विश्वासलाई थप सुदृढ गर्दै सेवा विस्तार निरन्तर प्रभावकारी बनाउने प्रतिबद्धता दोहोर्‍याएको थियो ।

“ग्राहकहरूको जीवन सुरक्षामा हाम्रो प्राथमिकता” नाराका साथ, रिलायबल नेपाल लाईफले यस्ता प्रयासलाई भविष्यमा पनि निरन्तरता दिने जनाएको छ ।

नेपालको बीमा इतिहासमा रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडले सर्वाधिक रकमको मृत्यु दाबी बापत रु. ४ करोड भुक्तानी गरेको स्मरण गर्दै, थप बलियो बनाएको छ । साथै, रिलायबल नेपाल लाईफले भविष्यमा पनि ग्राहकहरूको अपेक्षा पूरा गर्दै आफ्नो दायित्व कायम राख्ने प्रतिबद्धता जनाएको छ ।

शुक्रबार सम्पन्न घातक रोग बापत दाबी भुक्तानी कार्यक्रममा मणिग्राम शाखा प्रमुख कुशराज खनाल, MDRT माधव भुसाल र सिनियर एजेन्सी मेनेजर शालिकराम वोस्तीले मन्तब्यको क्रममा बीमाको अपरिहार्यता र महत्वलाई सबैले समयमै बुझ्नुपर्नेमा जोड दिँदै  आफ्नो भन्ने मन्तव्य राखेका थिए ।


प्रतिक्रिया

ताजा खबर

More

टाटा माेटर्सद्वारा इटहरीबाट टाटा म्याजिक बीएस६ सार्वजनिक

काठमाडाैं, पुष २४ । नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग.....

नेप्से परिसूचकमा सुधारसँगै बजारले गति लिँदै

काठमाडाैं, पुष २४ । साताको तेश्राे.....