काराेबारकाे चाैथाे दिन पनि सुनकाे मूल्य बढ्याे

प्रकाशित मिति: २४ पुष २०८१, बुधबार ११:०१


काठमाडाैं, पुष २४ ।
सुनचाँदी काराेबारकाे चाैथाे दिन आज बुधबार पनि नेपाली बजारमा सुनको मूल्य बढेकाे छ ।

मंगलबार स्थिर रहेकाे सुनको मूल्य आज प्रति ताेला ५ सय रुपैयाँले बढेकाे छ । याेसँगै आज सुन प्रति ताेला १ लाख ५२ हजार ५ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेकाे छ । आज नेपाली बजारमा चाँदी प्रति तोला १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भइरहेकाे महासंघले जनाएकाे छ ।


प्रतिक्रिया