कुमारी बैंकद्वारा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न

प्रकाशित मिति: २४ पुष २०८१, बुधबार १३:००


काठमाडौं, पुष २४ ।
यूएसएड (USAID) सँगको साझेदारीमा “देशैभरी वर्षैभरी” उद्यमशीलता विकास एवं प्रबर्द्धनका लागि नियमित रूपमा उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त संस्था कुमारी बैंक लिमिटेडले विराटनगर महानगरपालिका, मोरङ्गको समन्वयमा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।

वित्तीय ज्ञान, शीप, मनोवृद्धि तथा व्यावहार विकासबाट मात्रै व्यावहारिक रूपमा उद्यमशीलता प्रबद्र्धन तथा विकास हुने विश्वास लिएको कुमारी बैंकले यस अभियानमा सर्वसाधारणहरूको विषयगत संवेदनशीलतालार्ई सहजै बुझ्न सकिने गरी वित्तीय उद्यमी प्रशिक्षण, वित्तीय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रियस्तरमा ख्याति प्राप्त कलाकारहरुको अभिनयसहितका सन्देशमूलक भिडियोहरू, सचेतनामूलक सन्देशहरू विकास गरी नियमित रूपमा प्रकाशन तथा प्रशारणसमेत गरिरहेको छ । उद्यमी प्रशिक्षणबाट हरेक स्थानीय निकायमा रहेका उद्यमी सोचहरूको प्रबर्द्धन तथा विकासमा टेवा पुर्‍याउँदै आर्थिक रूपमा समृद्ध परिवार, समाज तथा राष्ट्र निर्माणमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

विगत २३ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले अनवरत रूपमा वित्तीय साक्षरता प्रबर्द्धन गर्दै आफ्ना देशभर रहेका ३ सय २ वटा शाखा सञ्जाल, ३ सय १६ वटा एटीएम मेसिन, ५० वटा एक्सटेन्सन काउण्टर तथा ५४ वटा शाखारहित बैंकिङ्ग इकाईहरूमार्फत् आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, शुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने बैंकले एक प्रेस विज्ञप्ति जारी गरी प्रतिबद्धतासमेत जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

धम्की दिएको आरोपमा दुर्गा प्रसाईंसहित ३ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडाैं, पुष २५ । नेपाल राष्ट्र बैंकका उच्च अधिकृतहरू र व्यावसायीलाई धम्की दिएको आरोपमा.....

टाटा माेटर्सद्वारा इटहरीबाट टाटा म्याजिक बीएस६ सार्वजनिक

काठमाडाैं, पुष २४ । नेपालका लागि टाटा.....