नेप्से परिसूचकमा सुधारसँगै बजारले गति लिँदै

प्रकाशित मिति: २४ पुष २०८१, बुधबार १५:३९


काठमाडाैं, पुष २४ ।
साताको तेश्राे कारोबार दिन आज बुधबार पनि नेप्से परिसूचक सामान्य रूपले बढेको छ । आज नेप्से ६.५३ अंकले बढेर २ हजार ६५३.३८ बिन्दुमा पुगेर बजार बन्द भएको छ ।

नेप्से बढेको यो निरन्तर छैटौँ दिनकाेकारोबार हो । गएको बुधबारदेखि आजसम्म नेप्से ७७.८६ अंकले बढेको छ । नेप्सेमा देखिएको सुधारसँगै विस्तारै बजारले गति लिन थालेको लगानीकर्ताहरूकाे अनुमान रहेकाे छ ।

बुधबार १३ उपसमूहमध्ये ६ उपसमूहको शेयर बढ्दा ६ वटाको शेयर मूल्य घटेको छ । आज कारोबारमा आएका २४२ कम्पनीमध्ये १३९ कम्पनीको शेयर मूल्य बढेको छ भने ९५ कम्पनीको शेयर ओरालो लाग्दा ८ वटाको स्थिर रहेकाे छ ।

आज समृद्धि फाइनान्स र सिन्धु विकास बैंकको शेयरमा सकारात्मक सर्किट लाग्दा सामुदायिक लघुवित्तका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतले गुमाएका छन् ।

बुधबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । मंगलबार ५ अर्ब ३८ करोडको शेयर खरिद बिक्री भएकोमा आज ६ अर्ब ४० करोड ७९ लाख रुपैयाँ बराबरको १ करोड ५५ लाख २ हजार ७५१ कित्ता शेयर कारोबार भएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

सुनचाँदी काराेबारकाे पाँचाैँ दिनमा पनि सुन र चाँदीकाे मूल्य बढ्याे

काठमाडाैं, पुष २५ । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको.....

टाटा माेटर्सद्वारा इटहरीबाट टाटा म्याजिक बीएस६ सार्वजनिक

काठमाडाैं, पुष २४ । नेपालका लागि टाटा.....