टाटा माेटर्सद्वारा इटहरीबाट टाटा म्याजिक बीएस६ सार्वजनिक
काठमाडाैं, पुष २४ ।
नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग (प्रा.) लि.ले आज बुधबार इटहरी शाखाबाट टाटा म्याजिक बीएस६ सार्वजनिक गरेको छ ।
कार्यक्रममा कोशी विक्रम यातायात (प्रा.) लि.का अध्यक्ष सञ्जय सिंह र इटहरी यातायात (प्रा.) लि.का अध्यक्ष महेश घिमिरे प्रमुख अतिथीको रूपमा उपस्थित रहेका थिए । साथै, सिप्रदीका पूर्वीय क्षेत्रीय प्रबन्धक सुवास कुमार दास कार्यक्रम सभापतिको भूमिकामा उपस्थित भएका थिए ।
शहरी र विद्यालय यातायातलाई आधुनिक, किफायती र वातावरणमैत्री बनाउने उद्देश्यले लञ्च गरिएको साे गाडीले यस क्षेत्रका यातायात व्यावसायीहरूको आवश्यकता पूरा गर्न महत्वपूर्ण योगदान पुर्याउने कम्पनीले विश्वास लिएकाे छ ।
सिप्रदी (प्रा.) लि.का प्यासेन्जर भेहिकल्स प्रोडक्ट म्यानेजर इन्द्रमणि पोख्रेलले भने, ‘टाटा म्याजिक बीएस६ ले शहरी यातायातलाई मात्र नभई, यस क्षेत्रका व्यावसायिक गतिविधिलाई पनि आधुनिक र प्रभावकारी बनाउनेछ । यसको उच्च माइलेज, कम मर्मत खर्च र यात्राको सुविधासहितको संरचनाले व्यावसायिक क्षेत्रमा नयाँ मानक स्थापित गर्नेछ । यसले यातायात व्यावसायीहरूलाई आर्थिक रूपमा सबल बनाउनुका साथै यात्रुहरूको अनुभवलाई नयाँ उचाइमा पुर्याउनेछ ।’
टाटा म्याजिक बीएस६ गाडीमा आधुनिक बीएस६ प्रविधि, ३० एचपी पावर र उच्च माइलेजसहितका सुविधाहरू रहेका छन् । यसको आरामदायी इन्टेरियर, कम मर्मत खर्च र अत्याधुनिक प्रविधिका कारण यसलाई शहरी र विद्यालय यातायातका लागि उत्कृष्ट विकल्पका रूपमा लिइएको छ ।
सिप्रदी ट्रेडिङ्ग (प्रा.) लि.ले सदैब ग्राहकहरूको आवश्यकताअनुसार सवारी साधन उपलब्ध गराउँदै आएको जनाएको छ । यस लञ्चसँगै, कम्पनीले पूर्वीय नेपालका व्यावसायीहरूको शहरी यातायातका क्षेत्रमा टाटा म्याजिक बीएस६ मार्फत् थप उचाइ हासिल गर्ने अपेक्षा गरेको कम्पनीले एक प्रेस विज्ञप्ति जारी गरी जनाएकाे छ ।
प्रतिक्रिया