सुनचाँदी काराेबारकाे पाँचाैँ दिनमा पनि सुन र चाँदीकाे मूल्य बढ्याे

प्रकाशित मिति: २५ पुष २०८१, बिहीबार १३:२०


काठमाडाैं, पुष २५ ।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव नेपाली बजारमा पनि परेको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज बिहीबार एक औंस सुनको मूल्य ६६५९ अमेरिकी डलर निर्धारण भएको छ ।

बुधबारको तुलनामा बिहीबार सुनमा प्रति तोला ८ सय रुपैयाँले वृद्धि भएको छ भने सोही परिमाणको चाँदी पनि प्रति ताेला १० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यावसायी महासंघकाअनुसार एक तोला सुनकाे मूल्य बिहीबार १ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेकाे छ भने सोही परिमाणको चाँदीको मूल्य प्रति ताेला १ हजार ४० रुपैयाँमा काराेबार भइरहेकाे छ ।


प्रतिक्रिया